दफा
सभामुखको काम, कर्तव्य र अधिकार
प्रचलित कानूनमा उल्लेख भएको अतिरिक्त सभामुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ:—
(क) संघीय संसदको आन्तरिक तथा वैदेशिक प्रतिनिधिमण्डल सम्बन्धी कार्य गर्ने,
(ख) संघीय संसदका पदाधिकारी, सदस्य र महासचिवको आन्तरिक तथा वैदेशिक भ्रमण र भ्रमण खर्च स्वीकृत गर्ने,
(ग) मित्र राष्ट्रका व्यवस्थापिका, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय व्यवस्थापिकीय संघ र मैत्री समूहबीच सम्पर्क र सम्बन्ध कायम गर्ने,
(घ) समितिको निर्णय कार्यान्वयनका सम्बन्धमा नेपाल सरकार तथा अन्य सम्बन्धित निकायलाई आवश्यकता अनुसार निर्देशन दिने ।